Logo

जेलमा ‘उचित हेरचाह’ नगरेको आरोपमा नल्भानीकी आमाले दायर गर्न खोजेको मुद्दा अस्वीकार



मस्को, ९ चैत । रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका नभाल्नीले जेलमा पर्याप्त चिकित्सा सेवा नपाएको र उनको मृत्यु भएका उनकी आमाले आरोप लगाएको अल जजिराले उल्लेख गरेको छ ।

नाभाल्नीले सुरु गरेको भ्रष्टाचार विरोधी फाउन्डेसनका प्रमुख इभान झदानोभले बिहीबार लाबिटनाङ्गी सहरको अदालतले नाल्भानीले मात्रै उजुरी गर्न सक्ने भन्दै मुद्दा अस्वीकार गरिएको बताए ।

नभाल्नीले रूसी राज्यहरूमा चिकित्सा सेवा प्रदान गर्न असफल भएकोमा धेरै पटक मुद्दा दायर गरेको झदानोभले टेलिग्राममा साभार गरेका छन् ।

नाभाल्नीको परिवार र समर्थकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनको हत्या गरेको आरोप लगाएका छन् । क्रेमलिनले आरोप अस्वीकार गरेको छ ।
नाभाल्नीकी विधवा युलिया नाभाल्नायाले बिहीबार अदालतले मुद्दा अस्वीकार गरेको पुष्टि गरेका छन् ।

रूसी जेल अधिकारीहरूले क्रेमलिन आलोचक बेहोस भएको र फेब्रअरी १६ मा “पोलर वुल्फ“ जेल बाहिर हिँडेपछि उनको मृत्यु भएको दाबी गरेका छन् । तीन दशकको सजाय भोगिरहेका नाभाल्नीको मृत्यु प्रमाण–पत्रमा उहाँको मृत्यु ‘प्राकृतिक कारण’ बाट भएको उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot