Logo

यी प्रदेशमा आज चट्याङ्गसहित पानी पर्ने



काठमाडौं, चैत १० । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती भने देशभर आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्