काठमाडौं, चैत १० । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।
शुक्रबार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले विहिबार राति पक्राउ गरेको हो ।