Logo

होली पर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेको छ, मर्यादित भएर मनाऔं : पूर्वमन्त्री महतो



काठमाडौं, १० चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले होलीले नेपालीहरुबीच आपसी सद्भाव एवम् आत्मीयता अभिवृद्धि गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिरहा पुगेका पूर्वमन्त्री महतो जिल्लामा विभिन्न ठाउँमा आयोजित होली मिलन कार्यक्रममा व्यस्त छन् । सोही क्रममा आज (शनिबार) जसपाको कल्याणपुर नगरसमितिले आयोजना गरेको होली मिलन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुँदै महतोले यस्तो बताएका हुन् ।

महतोले फागुन पूर्णिमा अर्थात् होली पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको स्मरण गराए । उनले होलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन ठूलो योगदान पुर्याएको भन्दै आगामी दिनमा यसलाई अझै सुव्यवस्थित् बनाउनुपर्नेमा जोड दिए । यस्तै, उनले साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने पनि विश्वास व्यक्त गरे । सो क्रममा उनले मर्यादित ढंगले होली मनाउनपनि अपिल गरेका छन् ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस्