Logo

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उठाउने, अब के गर्लान् झलनाथ खनाल ?



काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) ले आगामी बैशाख १५ गते हुने इलाम-२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् । आज (आइतबार) बसेको सचिवालय बैठकले उपनिर्वाचनमा सुहाङलाई अघि सार्ने निर्णय गरेको हो ।

यसअघि सो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि चाहना राखेका थिए । उनले एमालेसहितको समर्थनमा आफू वामहरुको साझा उम्मेद्वार बन्न चाहेको बताउँदै आएका थिए । तर, एमालेले सुहाङ नेम्वाङलाई अघि सार्ने भएपछि झलनाथ अब के गर्छन् ? भन्ने कौतुहलता देखिएको छ ।

कतिपयले एमालेले अहिले निर्णय गरेपछि पछि उम्मेद्वार दिने दिनसम्म नयाँ समझदारी गर्नपनि सक्ने आँकलन गरेका छन् । एमाले अहिले एमालेको राजनीतिमा सक्रिय भैसकेका छन् । पार्टीले पनि उनलाई कानून विभागमा मनोनित गरेको छ । उनी पेशाले अधिवक्ता हुन् । झलनाथ पछिल्लो समय वामपन्थीहरुबीच सहकार्य हुँदै एकताको चरणमा पुग्नुपर्नेमा पक्षमा छन् ।

उता, एकीकृत समाजवादीले भने उपनिर्वाचनको लागि भोलि उम्मेद्वार टुँगो लगाउने भएको छ । एकीकृत समाजवादीले पनि त्यसको लागि सचिवालय बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot