Logo

सुनको मूल्य बढेकोबढ्यै, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, चैत १२ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot