Logo

राष्ट्रिय सभा अध्यक्ष र सभामुख नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं,१२ चैत । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज बिहान ९ बजेपछिका लागि आह्वान भएको परिषद्को बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल बैठकमा आउन नभ्याएपछि बैठक स्थगित भएको हो ।

सभामुख घिमिरे विदेश भ्रमणमा रहेका छन् भने दाहाल चितवनमा छन् । परिषद्को अर्को वैठक १८ गतेका लागि बोलाईएको छ ।

बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।

 गत १८ साउनको बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा अब कांग्रेस सभापति शेरबहादुर देउवा परिषद् बैठकमा उपस्थित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot