Logo

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने रणनीति बनाउँछौं : मन्त्री साह



काठमाडौं, १२ चैत्र । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेगरि रणनीति बनाउन लागिएको स्पष्ट पारेकी छिन् ।

आज (सोमवार) सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि सांसदहरुसमक्ष आग्रह गरेकी छिन् ।

मन्त्री साहले सिँचाइका असुविधाहरू भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot