Logo

बागमतीमा हानेपाले समर्थन फिर्ता लियो



काठमाडौं, १२ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकार गठन भएको समयदेखि नै मुख्यमन्त्री शालिकराम मम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको हानेपाले मुख्यमन्त्रीमा आफैंले दाबी गर्ने तयारी गरेको छ ।

हानेपाको बागमती प्रदेश सभामा २ सिटमात्रै छ । सरकार बनाउने सन्दर्भमा निर्णाय रहेको हानेपाले ठूला दलहरुबीच सरकार बनाउन सिर्जना भएको रिस्थितिलाई बुझेर बार्गेनिङ सुरु गरेको हो ।

हानेपाबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्य छन् । उनी निर्वाचित सांसद हुन् । त्यस्तै, सरिता खड्गी हानेपाबाट समानुपातिक सांसद बनेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot