Logo

ट्रान्क्युलिटी स्पाको फिट फेस्टमा ‘हाइकिङ’



काठमाडौं, चैत १३ । ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ । फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको हो ।

हाइकिङमा ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध दुई सय ग्राहक सहभागी भएका छन् । हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठ पुगेको थिए । सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए ।

ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सँगै आफना ग्राहकलाई प्रकृृतिको मज्जा दिनका लागि वार्षिक कार्यक्रम अन्तरत हाइकिङ कार्यक्रम गरिएको ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले बताए । राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरु विच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको छन् ।



प्रतिक्रिया दिनुहोस्