Logo

जसपा सांसद रेखा यादवको प्रश्न : अस्तिसम्म कांग्रेस कहाँ सुतेको थियो ? (भिडिओसहित)



काठमाडौं, १३ चैत्र । जनता समाजवादी पार्टी, नेपालकी सांसद तथा प्रभावशाली नेतृ रेखा यादवले राजनीतिमा गठबन्धन बन्नु र भत्किनु नौलो कुरा नभएको स्पष्ट पारेकी छिन् । अहिले बनेको गठबन्धनको काम केही समय लगाएर हेर्नुपर्नेमा उनको जोड छ । प्राइम टिभीको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले सदनमा प्रतिपक्षी दलको भूमिकामा शंका गरिन् ।

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन भएर दोषी प्रमाणित भए पदबाट राजीनामा दिनुपर्ने बताईन् । उनले भनिन्–‘जनताको जीवनमा कसैले पनि खेलबाड गर्न पाउँदैन् । तर, होहल्लाकै भरमा लागेर हामीले बोलिहाल्नुपर्छ भन्ने मलाई लाग्दैन् । दोषी छ भने जोसुकै हो, कारबाहीको दायरामा आउनुपर्छ ।’

गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिनको माग राखेर कांग्रेसले गरेको विरोधको विषयमा टिप्पणी गर्दै उनले प्रश्न गरिन्–‘अस्तिसम्म कहाँ सुतेको थियो त कांग्रेस ? कहाँ हराएको हो त ? सत्तामा आएपछि मात्रै मान्छे दोषी हुन्छ र ? सत्ताबाहिर हुँदा दोषी हुँदैन् ?’ लामिछानेमाथि आरोप लागेपनि प्रमाण नभेटिएको कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भनिसकेको उनको स्पष्टोक्ति थियो । उनले कांग्रेससँग लामिछानेविरुद्ध प्रमाण भए सार्वजनिक गर्न चूनौतिसमेत दिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot