Logo

नाउपा सुदूरपश्चिमद्वारा रञ्जिताको निर्णय अस्वीकार, सरकारलाई दिएको निर्णय कायमै राख्ने



काठमाडौं, १४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिमले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएको छ । आज (बुधबार) पार्टी केन्द्रीय समितिले सुदूर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रीय समितिको निर्णय अस्वीकार गरिएको बताए । पार्टीका संरक्षक रेशम चौधरी फर्किएपछि मात्रै सरकारबाट बाहिरिने बारे छलफल गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय रेशम र रञ्जिताबीचको द्वन्द्वको मारमा नाउपा परेको छ । रेमश केन्द्र सरकारमा सहभागी हुन नहुने पक्षमा छन् । सुदूर सरकारमा भने समर्थन कायमै राखेर वर्तमान सरकारालाई टिकाइरहन चाहन्छन् । त्यस्तै रञ्जिता केन्द्र सरकारमा सहभागी भएर नयाँ समीकरणको सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot