Logo

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको?



काठमाडौं, चैत १५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्