Logo

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट



काठमाडौं, चैत १५ । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसङ्घको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् । खानाको नोक्सानीलाई विश्वव्यापी त्रासदीको संज्ञा दिदै रिपोर्टले विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्ने गरेको र खानाको नोक्सानी नैतिकमात्र नभएर पर्यावरणीय असफलता भएको उल्लेख छ ।

खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसङ्घले सङ्कलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्बिर प्रदान गर्दछ ।



प्रतिक्रिया दिनुहोस्