Logo

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा



काठमाडौं,१५ चैत । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।

बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।

अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पार्टीका नहुने संविधानको व्यवस्थालाई मध्यनजर गर्दै अर्यालले पदबाट राजीनामा दिएकी हुन् । अब नेकपा एमालेबाट राष्ट्रिय सभाको उपाध्यक्ष चुनिनेछन् ।

अर्याललाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको छ । तर, उनले तत्काल आफू मन्त्री बन्ने पक्षमा नरहेको बताउँदै आएकी छन् ।



प्रतिक्रिया दिनुहोस्