Logo

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, चैत १६ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्