Logo

नेपाल ए  र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि



काठमाण्डौं, चैत १६ । नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आज शुरु हुँदैछ । तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल आज दिउँसो २ बजे हुँदैछ ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

यसैगरी नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्