Logo

गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई देउवाको निर्देशन



काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरणका लागि आज विहान नेपालगञ्ज पुगेका सभापति देउवाले स्वागतका लागि नेपालगन्ज विमानस्थलमा पुगेका अगुवा नेता कार्यकर्तालाई सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिएका हुन्।

उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए । सभापति देउवाले कांग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पारे। सभापति देउवासँगै नेपाली सभापति देउवासँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना , केन्द्रीय सदस्य दीपक गिरी लगायत नेता पनि नेपालगञ्ज पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्