Logo

राजेन्द्र लिङ्देनलाई कमल थापाले पत्याएनन्, एकता गरेर गल्ती नगर्ने स्पष्टोक्ति



काठमाडौं, १६ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गरेर गल्ती नगर्ने बताएका छन् । पछिल्लो समय दुई दलबीच एकताको गृहकार्य भएको चर्चाबीच थापाले तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर राप्रपाको आलोचना गरेका हुन् ।

उनले लिङ्देन सत्ता केन्द्रित राजनीतिमा लागेको भन्दै एकता नगर्ने जिकिर गरेका हुन् । उनले विगतमा राप्रपासँग एकता गर्नु आफ्नो गल्ती भएको सुनाए । उनले भने,‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ ।’ ०७९ को निर्वाचनपछि राप्रपा संसद्मा पाँचौ ठूलो दलको रुपमा छ ।

गत वर्षको पुषमा राप्रपा पनि लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागी थियो । अहिलेपनि राप्रपालाई सरकारमा लगिने हुँदा जान तयार रहेको थापाको भनाई छ । तर, अहिलेको गठबन्धनले राप्रपालाई सरकारमा नलिएरमात्र राप्रपा नगएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot