Logo

कांग्रेसकै कारण माओवादीले सशस्त्र युद्ध सुरु गरेको गगनको स्वीकारोक्ति



काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको कमीकमजोरी ढाकछोप गर्न नहुने बताएका छन् । आज (शुक्रबार) संवाद यात्राको क्रममा कपिलवस्तुको लबनीमा आयोजित सभालाई संवाद गर्दै उनले ०४८ सालमा प्रचण्ड बहुमत ल्याएको कांग्रेसले काम गर्न नसकेर ०५१ मा मध्यावधिमा गएको बताए ।

कांग्रेसले ०५१ मा मध्यावधि गरेकै कारण माओवादीले हतियार उठाएको उनको धारणा छ । कांग्रेसको सोही कमजोरीकै कारण तत्कालीन राजाले उपद्रो मच्चाएको उनको दाबी छ ।

‘हाम्रा कमजोरीहरु पनि छन् । हाम्रा कमजोरीमा अब ढाकछोप गर्ने होईन । हामी अहिले ०८४ को चुनाव जित्ने कुरा गर्छौं । ल ०८४ मा चुनाव जित्यौं रे, जित्छौं पनि । ०८४ मा चुनाव जितेको होईन ? ०८४ मा चुनाव जितेकाले हामीले के गर्यौं ?’ प्रश्न गर्दै उनले भने, ‘प्रचण्ड बहुमत ल्याएकोमा ०५१ मा गएर मध्यावधि गर्यौं । ०५१ मा मध्यावधिमात्रै नभएको भए सायद माओवादी पनि आउँदैन थियो होला, राजाले उपद्रो पनि गर्दैन थिए होला ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot