Logo

अर्धशतक बनाउन एक रनले चुके आरिफ



काठमाडौं । आयरल्याण्ड ए विरुद्ध जवाफी ब्याटिङ गरिरहेका नेपाल ए का ब्याटर आरिफ शेख अर्धशतक बनाउनबाट १ रनले चुकेका छन् । आयरल्याण्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफले ४९ रन जोडे ।

१७।२ ओभरमा म्याथ्यू हम्फ्रेजको बलमा आउट हुनुअघि उनले २५ बलमा ५ छक्का र १ चौकासहित ४९ रन जोडे । ताजा अवस्थामा नेपाल ए ले १८ ओभरमा २०० रन जोडेको छ ।

 आरिफ र लोकेशले नेपालका लागि सतकीय साझेदारी गरेका छन् । लोकेशले ५२ बलमा सतक पूरा गरेका हुन् । लोकेश ५६ बलमा १०६ रन बनाएर आउट भए ।



प्रतिक्रिया दिनुहोस्