काठमाडौं, १७ चैत्र । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले रिपोर्टर्स क्लब नेपाल सबै विचारलाई मञ्च प्रदान गर्ने साझा थलो भएको बताएका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले क्लबले सबै विचारलाई सम्मान गरेको र सोहीअनुसार आफ्नो मञ्च प्रदान गरेको बताएका हुन् । उनले भने,‘ऋषिजी र मेरो सम्बन्ध २२ वर्ष भयो । क्लबले हामीलाई सेवा दिएको छ । खासगरी विभिन्न आन्दोलनको क्रममा हामीलाई क्लबले सहयोग गरेको छ । ऋषिजीले एकदमै नडराईकन माओवादीदेखि ज्ञानेन्द्रको शासनसम्मका आन्दोलनका क्रममा उहाँल्े हेल्प गर्नुभयो । क्लबले सहयोग नगरेको भए हाम्रो आवाज जनतामा पुग्दैन थियो ।’
दिक्षितले क्लब र यसका नेतृत्वकर्ता ऋषि धमलामा निजी स्वार्थ नभएको पनि स्पष्ट पारे । उनले भने,‘क्लबको निजी स्वार्थ थिएन । देश र जनताको मुद्दा उठायो । यो तटस्थ संस्था हो । ऋषि धमलाले हाम्रो हरेक आन्दोलनको स्टेपमा सहयोग गरेको हो । ऋषि धमलालाई मैले काम देखेर चिनेको हो । नेपालमा सायद यत्तिको काम गर्ने व्यक्ति मैले देखेको छैन् । विहान ५ बजे एफ.एम. मा पुगिसकेको हुन्छ । राति १२ बजेसम्म खट्छ । थोकेका देखिँदैन् । ऋषि धमला झण्डै मरेको पनि हो । नेपालगञ्जमा आगलागी हुँदा । विभिन्न रोग लागेको छ । तर, हेल्थ कन्सियन्स पनि हुनुहुन्छ । ऋषिजी आज्ञाकारी विरामी हुन ।’
दिक्षितले धमलाको प्रशंसा गर्दै क्लबको मञ्चबाट सबैको विचार फैलिन दिएको बताए । उनले भने,‘क्लब नेपालको एकदमै साझा मञ्च हो । आँधीबेहरी आउँछ । फेरि क्लबको भूमिका महत्वपूर्ण भएर आउँछ । आगामी दिनमा पनि हामीलाई साथ दिनेछन । यो मुलुकको सबैभन्दा बढि चिनिने व्यक्ति हो । कतिलाइृ मन नपर्ला तर सबैलाई चाहिने व्यक्ति हो । नेपालको लागि एकदमै । ऋषि धमलाजस्तो व्यक्ति नेपालीहरुको लागि चाहिन्छ ।’ उनले ऋषि धमलाजस्तै व्यक्ति राजनीतिमा चाहिएको पनि आवश्यकत्ता औंल्याए ।