Logo

प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ चिकित्सक डा. उमा केयाल सम्मानित



काठमाडौं, १७ चैत्र । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. उमा केयाल प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएकी छिन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. केयाल सम्मानित भएकी हुन् ।

प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘नेपालको चिकित्सा क्षेत्रमा सक्रिय तपाईंले यस क्षेत्रको विकास र विस्तारमार्फत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । नेपालीको स्वास्थ्य क्षेत्रमा तपाईं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।’

सम्मानपत्रमा थप भनिएको छ–‘चिकित्सा सेवामार्फत तपाईंले मुलुकको स्वास्थ्य समस्या समाधान गर्दै नागरिक स्वास्थ्यलाई गुणस्तरीय र सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । आफ्नो क्षेत्रमा सदैव समर्पित रही तपाईंले पुर्याउनुभएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदरस्वरुप रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव–२०८० को अवसरमा तपाईं श्री डा. उमा केयालज्यूलाई विशेष सम्मानद्धारा अभिनन्दन गर्दछ । तपाईंको सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot