Logo

स्पेनिस ला लिगामा बार्सिलोनाको जित



काठमाडौं, १८ चैत । स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोनाले लास पलमासलाई १–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हाले खेलको ५९औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको २४औं मिनेटमा लास पलमासका अल्भारो भल्लेजले रातो कार्ड पाएपछि लास पलमास १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि बार्सिलोना लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको ३० खेलमा ६७ अंक रहेको छ । त्यस्तै एक खेल कम खेल्दै शिर्ष स्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ७२ अंक रहेको छ । त्यसैगरी लास पलमासको भने ३० खेलमा ३७ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot