Logo

देउवाले सुनाए कांग्रेसले बहुमत ल्याउने फर्मुला, मंगलादेवीको बारेमा के भने ?



काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तिकरणले पार्टीलाई बहुमत प्राप्त हुने बताएका छन् । आज (आइतबार) मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले भने,‘महिला सशक्तीकरणको कार्यक्रम छ । महिला सशक्तीकरणले पार्टीलाई बहुमत प्राप्त हुन्छ । महिला सच्चा मानेमा क्रियाशील भएमा पुरापुर बहुमत ल्याउन सक्ने पार्टी बन्छ । महिलाहरूले कम्मर कसेको खण्डमा अवश्य बन्नेछ।’

सो क्रममा उनले मंगलादेवी सिंह महिला अधिकारका लागि लडेकै कारण आज महिलालाई अधिकार प्राप्त भएको स्मरण गराए । उनले भने,‘हाम्रो संविधानले पछाडि परेका दाजुभाइ दिदी बहिनीलाई अधिकार दिएको छ । महिला अधिकारका सवालमा हाम्रो संविधान संसारका संविधानभन्दा उत्कृष्ट छ । हाम्रो पार्टीको विधानमा पनि नेपालकै संविधानको अनुसरण गरेर समावेशी बनाएका छौँ । हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्