Logo

पोर्चुगलका कान्छा व्यवसायी बिक्की सुवेदी सम्मानित



काठमाडौं, १९ चैत्र । पोर्चुगलका कान्छा व्यवसायी भनेर चिनिने बिक्की सुवेदी सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सुवेदीलाई सम्मान गरेका हुन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहको अवसरमा प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

पर्वत कुस्माका स्थायी वासिन्दा सुवेदी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल कार्यवाहक अध्यक्ष तथा युरोप कमिटीका सदस्य (नेकपा एकीकृत समाजवादी निकट प्रवास हेर्ने संगठन) हुन् । उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सन् २०२१–२०२३ सम्मको कार्यकालमा ALENTEJO क्षेत्रीय उपाध्यक्ष (पोर्चुगल) को जिम्मेवारीमा थिए ।

उनले एशिया मूलका र विशेषगरि नेपालीहरूलाई परेका विभिन्न दैनिकी जिवनमा आइपरेको कानुनी समस्याको समाधान गर्न योगदान पुर्याएका छन् । साथै, भाषागत समस्यामा परेको नेपाली समुदायलाई केन्द्रीकृत रहेर हालसम्म निरन्तर सहयोग पनि गरिरहेका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलोसमक्ष नेपाली समुदायलाई परेको आप्रवासी समस्या समाधानबारे ध्यानाकर्षण गराएका छन् । उनले पोर्चुगलमा नेपाली दूतावास खोल्नको लागि पनि पहल गरेका थिए ।

नेपालको छोटो बसाईको क्रममा उनले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ्समक्ष भेटेर पर्यटनको विकासको लागि छलफल गरेका छन् । यस्तै, उनले अर्थमन्त्रीसँग पनि विशेष भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot