Logo

देउवानिवासमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, चैत २० । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बस्न लागेको उक्त बैठक बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन्। बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार छनौट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस विधानअनुसार तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा केन्द्रीय समितिले गर्ने काम कार्यसम्पादन समितिबाट गर्न सकिन्छ। तर निर्णय भने पछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। आज बस्ने कार्यसम्पादन बैठक लगत्तै इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने कांग्रेसको तयारी छ ।

इलाम २ बाट ७ जना र बझाङ १ को प्रदेश सभा १ बाट १० जना आकांक्षीका नाम केन्द्रीय कार्यालयमा आएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्