Logo

भृकुटीमण्डपको बृहत जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको बढ्दो आकर्षण



काठमाडौं, चैत २० । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा लागी रहेको छ ।

आयोजक तथा बोस सुजका सञ्चालक गंगा श्रेष्ठका अनुसार जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र सिल ब्राण्डको सहभागिता रहेको छ ।

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेलामा यस अगाडि आयोजित मेला भन्दा अझै बढी आकर्षक छुटको व्यवस्था रहेको उनले बताए ।

‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं । अझैँ बुझने प्रयास गरेका छौं । हामीले जुत्ता किन्न पसल पसल धाउन नपर्ने हिसाबले मेला आयोजना गरेका हौँ । ’ उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं । यहाँ बाहिर भन्दा धेरै सस्तो मूल्यमा जुत्ता चप्प्ल पाइन्छ । ’

मेलामा सस्तोदेखि महंगोसम्मका सबै प्रकारका जुत्ता चप्पल उपलब्ध रहेको उनले बताए । मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । फोटोः दिनेश चौधरी/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot