Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, चैत २० । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot