Logo

श्रममन्त्री अर्यालमाथि पनि लाग्यो सहकारी ठगीको आरोप



काठमाडौं,२० चैत । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा रास्वपाका उपसभापति एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै सांसद यादले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका उपसभापति रहेका अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगीमा जोडिएको आरोप लगाएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएकाे छ,’ सांसद यादवले भने, ‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ। त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानविन आवश्यक छ। संसदीय समिति बनाऔँ।’

उनले अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot