Logo

जनार्दनको थ्रेटले प्रचण्ड तनावमा



काठमाडौं, २० चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको नेतृत्व आफ्नो दलले छाड्न नहुने भन्दै लविङ थालेका छन् । शर्माले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयलाई नै चूनौति दिएको चर्चा हुन थालेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफलमा कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बसेर गरेको निर्णयलाई शर्माले भने चूनौति दिएका छन् । शर्माकै कारण कर्णालीमा अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका राजकुमार शर्माले सरकारको नेतृत्व नछोड्ने भन्दै आजै विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिने भन्दै बैठक ३ बजेको लागि बोलाईएको छ ।

तर, कर्णालीको राजनीतिले केन्द्रीय राजनीतिमा समेत हलचल पैदा गरेको छ । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्ना विश्वासपात्र महेन्द्रबहादुर शाहीलाई कर्णालीको विवाद मिलाउनको लागि खटाएका छन् । जनार्दनकै बलमा राजकुमार शर्माले आफ्नोसमेत कुरा नसुनेको प्रचण्डको निश्कर्ष छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले वर्षमान पुनलाई काखी च्याप्दा जनार्दन बिच्किएका छन् । जनार्दन भने कांग्रेससँगको गठबन्धन तोडेकोमा प्रचण्डसँग रुष्ट छन् । जनार्दनले माओवादीको आधार क्षेत्र भएकोले कर्णालीको नेतृत्व कुनैपनि हालतमा नछोड्ने र एमालेलाई छोडिए ठीक नहुने भन्दै प्रचण्डलाई थ्रेट दिएको चर्चा छ । अहिले जनार्दनकै थ्रेटको कारण प्रचण्ड तनावमा रहेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्