Logo

२ दिनअघि मेरो राजा भन्दै अंगालो हालेकी रञ्जिताले अहिले बजाईन् रेशमको बाजा



काठमाडौं, २० चैत्र । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको गठबन्धन बनाएपछि नाउपामा पनि समस्या पैदा भएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चुलिएको छ ।

अध्यक्ष रञ्जिताले प्रधानमन्त्री दाहालको कित्ता रोजेकी छिन् । उता, रेशम भने नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका खेलिरहेका छन् । रेशमको चेतावनीको बावजुदपनि रञ्जिताले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिलाईन् । उता, सुदूरपश्चिम सरकारमा नाउपाको प्रवेशले पनि सो पार्टीमा किचलो भएको छ । पार्टीभित्रको विवादको कारण नेता तथा कार्यकर्ताहरुबीच कुटाकुटको वातावरण सिर्जना भएको छ ।

एक पक्षले अर्को पक्षलाई कारबाहीसम्मको कदम चालिएको छ । रेशम र रञ्जिताबीच पार्टी विवादको कारण सुमधुर सम्बन्ध नभएको चर्चा छ । कतिपयले पार्टीको विवादकै कारण यी दुईले सम्बन्धविच्छेद गर्न लागेको भनेरपनि आँकलन गरेका छन्। तर, रञ्जिताले भने कुनैपनि हालतमा डिभोर्स नगर्ने स्पष्ट पारेकी छिन् ।

पार्टीभित्र विवाद उत्कर्षमा रहेकै बेला रेशम जापान भ्रमणबाट फर्किएको बेलामा रञ्जिता एयरपोर्ट रिसिभ गर्न पुगेकी थिईन् । रेशमलाई स्वागत गर्दै रञ्जिताले वेलकम राजा भन्दै फेशबुकमा लेखेकी थिईन् । त्यसको दुई दिन बित्न नपाउँदै भने उनले रेशमको बाजा बजाउन सुरु गरेकी छिन् । रञ्जिताले रेशम पक्षका नेताहरुलाई कारबाही डण्डासमेत चलाएकी छिन् । रेशमले भने आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै सार्वजनिक रुपमै गुनासो पोख्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot