Logo

प्रचण्डसँग माधवको तारन्तार कानेखुशी



काठमाडौं, २० चैत्र । समाजवादी मोर्चाले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा मोर्चामा सबै दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच हार्दिकता देखिएको छ ।

यी दुई नेता बेला बेलामा कानेखुशीमा व्यस्त थिए । खासगरी पछिल्लो समय दुई नेताबीच सम्बन्ध चिसिएको चर्चाबीच भएको यो कानेखुशीले दुई नेताबीच सम्बन्धमा उस्तै हार्दिकता रहेको दर्शाउँछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्