Logo

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने



काठमाडौं, २० चैत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । आज (मंगलबार) बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुपर्ने निश्कर्ष निकालेको हो ।

मुख्यमन्त्री शर्माले आज नै विश्वासको मत लिने कार्यसूची भएपनि प्रदेश सभा बैठक बस्न सकेन । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिएर यामलाल कँडेललाई मुख्यमन्त्री बन्न मार्ग प्रशस्त गर्ने बताइएको छ ।

अहिले विश्वासको मत लिने र केन्दीय गठबन्धनको भावना र मर्म अनुसार केही समयमै राजीनामा दिएर अगाडि बढ्ने निर्णय भएको कर्णाली माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले जनाकारी दिए ।



प्रतिक्रिया दिनुहोस्