Logo

कृषिमैत्री बजेट बनाउनको लागि महेश बर्तौलाको आग्रह (भिडिओसहित)



काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई किसानलाई तत्काल दूधको मुल्य भुक्तानी गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बर्तौलाले दूधको पाँच अर्बभन्दा बढि मूल्य भुक्तानी गर्न बाँकी रहेको भन्दै कृषिमन्त्रीको ध्यानाकार्षण गराए ।

उनले सरकारलाई कृषिमैत्री बजेट बनाउनको लागि पनि आग्रह गरेका छन् । उनले भने,‘सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा खासगरी किसानहरुलाई राहत पुग्नेगरि बजेट बनाउनको लागि म माननीय कृषिमन्त्रीज्यूको ध्यानाकार्षण गराउन चाहन्छु । दूधको मुल्यको तत्काल भुक्तानी होस ।’ उनले कृषकहरुले समयमै मल पाउने वातावरण बनाउनको लागि पनि सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्