Logo

चीन भ्रमणबारे परराष्ट्रमन्त्री श्रेष्ठले के भने सदनमा ? (भिडिओसहित)



काठमाडौं, २१ चैत्र । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । सो क्रममा उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनसँगका १४ वटा परम्रागत सीमा नाका खोल्नको लागि चिनियाँ पक्ष सहमत भएको पनि जानकारी गराए ।

भ्रमणको क्रममा चीनसँग खुला खुलस्त कुराकानी भएको भन्दै भारतसँग पनि यस्तै छलफलको अपेक्षा राखेका छन् । उनले भने,‘हामी भारतसँग पनि गम्भीर प्रकारले हार्दिकताका साथ छलफल गर्न चाहन्छौं ।’

उनले भारत भ्रमण तत्काल नहुने पनि सुनाए । भारतमा लोकसभाको निर्वाचन हुने भएकोले तत्काल त्यसतर्फको भ्रमण सम्भव नभएको उनको भनाई छ । मन्त्री श्रेष्ठले चीन भ्रमणको क्रममा आफूले आर्थिक सहकार्यको विषयमा बढि छलफल गरेको स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot