Logo

रेशम पक्षकी सुदूरकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउन रञ्जिताले पठाईन् पत्र



काठमाडौं,२१ चैत । श्रीमान-श्रीमतीको झगडाले पार्टी विभाजनको डीलमा पुगेका बेला त्यसलाई बल पुग्नेगरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाकी राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै सामंसदबाट हटाउन प्रदेश सभामा पत्र पठाएकी छन् ।

पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको हो । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रदेश सरकारमा जाने नजानेबारे विवाद हुँदा नाउपा फुटको संघारमा छ । नाउपाकी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षक रेशमलाल चौधरीबीच सरकारका बारेमा तीव्र मतदेभ देखिँदै आएको छ । पदमुक्र गर्न पत्राचार गरिएकी सांसद गिरी रेशम पक्षकी हुन् ।

रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । सुदूरका मुख्यमन्त्री शाहले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिन रेशमले निर्देशन दिनासाथ रञ्जिताले पदमुक्त गर्न सिफारिस गरेकी हुन् ।

गिरी समानुपातिक सांसद हुन् । अब प्रदेशसभाका सभामुखले उनको पद रिक्त भएको जानकारी गराए उनी पदमुक्त हुनेछिन् । त्यसपछि उनको स्थानमा अर्को सांसद निर्वाचित गर्ने बाटो खुल्नेछ ।   



प्रतिक्रिया दिनुहोस्

Screenshot