Logo

कर्मचारीको अवकाशको उमेरहद बढाउन एमाले सांसद योगेश भट्टराईको माग (भिडिओसहित)



काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कर्मचारीहरुको उमेरहद बढाउनुपर्ने आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले भने,‘अब हामीले अवकाशको उमेर ६०–६२ बाट केही बढाउनुपर्छ ।’ भट्टराईले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेकोले कर्मचारीहरुको पनि उमेरहद बढाउनुपर्नेमा जोड दिएका हुन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot