काठमाडौं, २१ चैत्र । नेपालको खेलकुद क्षेत्रको गभर्निङ बडी राष्ट्रिय खेलकुद परिषद् ६०औं वर्षमा प्रवेश गरेको छ । राखेपाको ६०औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन् ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपाका सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थितिमा विभिन्न विद्याका खेलाडीहरुलाई सम्मानपनि गरिएको थियो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित वार्षिकोत्सवम समारोहलाई प्रधानमन्त्री दाहालले सम्बोधन गरेका थिए । सरकारले खेल क्षेत्रको समग्र विकासमा विशेष ध्यान दिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम