Logo

सुनसरीमा दिउँसै गोली प्रहार गरेर लुटपाट



सुनसरी, चैत २२ । सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ । हरिनगरा गाउँपालिका(२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २ः१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका(९ र हरिनगरा(३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ ।

अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन् । अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot