Logo

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, के गर्ला नाउपा?



काठमाडौं, चैत २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिने तयारीमा छन्। उनले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। सोही अनुसार उनी आज विश्वासको मत लिन लागेका हुन्।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका १०, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई मन्त्री बनाएकाछन् । तर, सरकारलाई समर्थन गर्ने, नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

नउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादका कारण नाउपा भित्र तनाव मात्रै उत्पन्न भएको छैन् दुबैले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न र नगर्न ह्विप जारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot