Logo

आज समानुपातिक सांसद चयन गर्दै जसपा, केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं, चैत २२ । समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ।

पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्न लागेको बैठकबाट समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि समानुपातिक सांसद चयन गर्न लागिएको छ ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन्। उनको पनि चैत ४ गते निधन भएपछि उक्त पद रिक्त रहेको छ



प्रतिक्रिया दिनुहोस्