Logo

बझाङमा कार्यरत प्रहरी जवान कैलालीमा मृत फेला



कैलाली, चैत २२। दार्चुलाको शैल्यशिखर– ९ स्थायी घर भएका नेपाल प्रहरीका प्रहरी जवान सुरज बिक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उनी बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी जवान बिक जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो । उनी बिदामा कैलाली आएका थिए । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot