Logo

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय, प्रदेश सरकार ढल्ने निश्चित



काठमाडौं,२२ चैत । चार सांसद रहेको जसपाले लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

जसपाको सो निर्णयसँगै मुख्यमन्त्री चौधरी नेतृत्वको प्रदेश सरकार ढल्ने निश्चित भएको छ । उनले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८६ सांसद छन् । बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot