Logo

कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२२ चैत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सो प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसहित रहेका छन् ।

शाही तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनी कर्णालीका पहिलो मुख्यमन्त्री हुन् । भेन हाल पनि उनी प्रदेश सभामा सांसद रहेका छन् ।

शाही प्रदेश सभा निर्वाचनमा हुम्ला (ख) बाट निर्वाचित छन् । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा पर्नेछ ।

शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो ।

२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । 



प्रतिक्रिया दिनुहोस्

Screenshot