Logo

ओलीले टुंग्याए राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार, के गर्लान् माधव नेपाल ?



काठमाडौं,२२ चैत । आसन्न राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई उपाध्यक्षमा पठाउने निर्णय गरेका हुन् ।

फागुन २१ गते बनेको नयाँ सत्ता समीकरण अनुासर राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । त्यो सहमतिमा एकीकृत समाजवादीले भने सहभागीता जनाएको थिएन् । पछि एकीकृत समाजवादीसहितका ५ दलबीच फेरि अर्को सहमति भएको थियो ।

फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो। अहिले एमालेले उम्मेदवारी दिने निर्णय गरेको हो।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दलका रूपमा रहेको छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्।

नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चा एक सांसद छन्।

एमालेले आफ्नो उम्मेदवार टुंग्याएपनि एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । एकीकृत समाजवादीले गरिमा शाहलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, एमालेले अगाडिनै उम्मेदवार टुंगो लगाएपछि समाजवादी अन्यौलमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot