Logo

मेडिसिटी बयोधा अस्पताल वीरगञ्जद्वारा आईसियु नर्सहरुका लागि वृहद् कार्यशाला तालिम आयोजना



काठमाडौं, २२ चैत । मधेश प्रदेशमा आईसियु सेवा दिइरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जले कार्यशाला तालिमको आयोजना गर्ने भएको छ । अस्पतालका प्रमुख विजय रिमालका अनुसार नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौ र अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसिक फर नर्स कार्यशाला तालिम यही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिएको छ ।

उक्त कार्यशाला तालिमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्ने बताइएको छ । मधेश प्रदेशका आईसियु सेवा दिइरहेका अस्पतालहरुमा कार्यरत् नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले यस विशिष्टिकृत कार्यशाला तालिमको आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए ।

विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतक विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट श्रीवास्तवले बताए ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवाश आचार्य, लिभरट्रान्सप्लाण्ट नर्स कोअर्डिनेटर त्रि.वि.शिक्षण अस्पताल तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी भाईस प्रेसिडेन्ट एवं बेसिक फर नर्स कोर्ष डाईरेक्टर कविता सिटौला लगायत ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले कार्यशाला तालिमलाई सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot