Logo

आयरल्याण्ड ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल, पहिलो विकेट गुम्यो



काठमाडौँ, २३ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन् ।

आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्डको पहिलो विकेट लिएको छ । आयरल्यान्डले पहिलो विकेटका रुपमा ओपनर जेम्स म्याकुलुमलाई गुमाएको हो ।

जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका हुन् । उनलाई साहब आलमले रनआउट गराएका हुन् । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको छ ।

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्