Logo

एसएमएस फ्रेन्डसिप टि -२० क्रिकेट : उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै



काठमाडौं, चैत २५ । एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ । खेल ​गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो।

नेपालले यसअघिका दुवै खेल जितेको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो। गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो। यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot