Logo

आईपीएल : राजस्थानसँग बेंगलूरु ६ विकेटले पराजीत



काठमाडौं, चैत २५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई छ विकेटले हराएको छ । गएराती भएको खेलमा बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर पाँच बल बाँकी छँदा भेट्टाएको हो ।

जितपछि राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदै छन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot